Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिँचाई विकासका सव-इन्जिनियर दुई लाख घुससहित पक्राउ


    मंगलबार, असोज १९ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सव-इन्जिनियरलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरामा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसी रहेका छन् ।

    सव-इन्जिनियर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौतामा सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा रकमसहित कार्यालयबाटै पक्राउ गरिएको हाे ।

    आयोगका प्रवक्ता नारायण रिसालका अनुसार सम्झौता अनुसार कार्य सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि कार्यालय नै पुगेर पक्राउ गरिएकाे हाे ।

    घुस रकमसहित पक्राउ परेका केसीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार