काठमाडाैं । नेपालगञ्ज उपमहानगरपालि–१ धम्बोझीस्थित गायत्री मन्दिर छेउमा एक युवकको हत्या भएको छ ।
बाँके प्रहरी प्रवक्ता एबम डीएसपी मधुसुदन न्यौपानेका अनुसार बर्दिया, राजापुरका १९ वर्षका रोहित थारुको हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताउँदै न्यौपानेले भने, ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ, प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो देखिँदैन ।’
मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो ।
मृतक रोहित आफ्नो दिदीका साथ लामो समयदेखि वडा नम्बर–१ धम्बोझीमा बस्दै आएका थिए । मृतककी दिदी सीमा थारुले भाइको हत्या नै भएको दाबी गरेकी छन् ।
उनले भनिन्, ‘सोमबार राति सुतिरहेको भाइलाई फोन गरेर बोलाइएको थियो, विहान शव भेटियो ।’