Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला, अरु सबैलाई सफाइ


    मंगलबार, असोज १९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौंं । गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वर पौडेल नेतृत्वको समितिले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दायर गरेकामध्ये मुख्यनाइके चुडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको आदेश दिएको छ ।  मोरङ जिल्ला अदालतले आज सुनतस्करीको मुद्दाको सुनुवाइ गर्दै गोरेसहितका ६ जनालाई जन्मकैदको संजाय सुनाएको हो । मोरङ जिल्ला अदालतले ८ जनालाई संजाय गरेको छ । जसमा जन्मकैदको संजाय पाउने गोरेसहित ६ जना र १ जनालाई ३ बर्ष र अर्का एकलाई ६ महिना कैद संजाय सुनाएको छ । 

     जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले मोहन काफ्ले, टेकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा र  मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।

    राजु थापा नामक सवारीचालकलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद हुने आदेश दिएको छ । गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ । अदालतले फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखेको छ । प्रहरी अधिकृतसहित अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार