काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार कुनै सत्यता नभएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।
मन्त्रिमण्डलमा प्रधानन्यायाधीश राणाले समेत भाग खोजेको भन्ने प्रचारबारे खण्डन गर्दै कार्कीले भने, ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’
उक्त प्रचारको साेमबार विज्ञप्ती जारी गरेर सर्वोच्च अदालतले समेत खण्डन गरिसकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् । बैठकमा उनको विषयमा उठेका सवालहरूबारे पनि छलफल हुनसक्ने बताइएको छ ।