Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा डीआइजी लोहनीसहितका प्रहरीलाई सफाइ


    मंगलबार, असोज १९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    बिराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा डीआइजी दिवेश लोहनीसहितका प्रहरी अधिकृतहरुलाई सफाइ दिएको छ ।

    थुनामा रहेका डीएसपी संजयबहादुर राउत र एसएसपी श्याम खत्रीले पनि सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले आज प्रहरी अधिकृतहरुलाई सफाइ दिएको हो ।

    ३३ किलो सुन प्रकरणमा इश्वर पौडेल नेतृत्वको छानबिन समितिले मुद्दा दर्ता गरिएका बहालवाला बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहानी (हाल डीआइजी), पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का रहेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार