Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिआइजी र एसपीका शक्तिशाली घुमुवा, अख्तियारका पदाधिकारीको पनि संरक्षण


    मंगलबार, असोज १९ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर २ का ८ वटा जिल्लामध्ये पर्सा, बारा, सर्लाही, रौतहट, धनुषा, महोत्तरीसँग जोेडिएका भारतीय सीमाक्षेत्रबाट भन्सारछली गरी सामान भित्रने गरेका छन् । किसानलाई चाहिने मल ल्याउनेलाई प्रहरीले मोटरसाइकलसहित जफत गरी दुःख दिनेगरेको छ । तर तस्करी गर्नेहरुलाई उन्मुक्ति दिने गरेको छ । प्रदेश नम्बर २ मा सरुवा हुने नेपाल प्रहरीका डीआइजी प्रद्युम्न कार्कीबाहेकले घुमुवा राखेरै अतिरिक्त असुली गर्ने गरेको समाचार बारम्बार आउने गरेको छ । तर पनि घुमुवा राखी अतिरिक्त आम्दानी गर्ने प्रहरीका हाकिमहरुको प्रवृत्ति परिवर्तन हुनसकेको छैन । यसअघिका प्रदेश २ का डीआइजी धिरजप्रताप सिंह होस् कि हालका डीआइजी उमेश रंजितकार हुन्, घुमुवा राखी असुली गर्नेमा अग्रपंक्तिमा पर्दछन् ।

    प्रदेश २ का डीआइजी उमेश रंजितकारले असई मनोज यादवलाई घुमुवा राखेका छन् । यादव सर्लाहीको सबैभन्दा बढी भन्सारछलीका सामान ओेसारपसार हुने त्रिभुवननगर सीमाचौकीका इन्चार्ज पनि हुन् । उक्त चौकीमा पहिला सई इन्चार्ज हुँदैआएका थिए । तर मनोज यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमार्फत् दबाब दिएर इन्चार्ज भएका छन् ।

    अख्तियारका एक पदाधिकारीको नाम लिंदै उनले प्रदेश २ मा असुली आतंक नै मच्चाएका छन् । अख्तियारकै संरक्षण पाएका असई यादवले सर्लाहीका एसपी सन्तोषसिंह राठौरको पनि घुमुवाका रुपमा काम गर्दैआएका छन् । भन्सारछलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवले डीआइजीदेखि एसपीसम्मलाई मासिक दररेट बुझाएर खुसी पार्दैआएका छन् ।

    डीआइजी रंजितकार र एसपी राठौरले असई यादवलाई नै घुमुवा राखी निर्धक्क असुलीको छुट दिएकाले उनको मनोबल धेरै बढेको छ । अख्तियारदेखि डीआइजी र एसपीको विश्वासप्राप्त असई यादवले सर्लाहीमा तस्करहरुका लागि खुलेआम भन्सारछलीका सामान ओसारपसार गर्न छुट दिएका छन् ।

    असई यादबबाट तस्करीको लाइन पाउनेहरूमा बिजय पटेल, उमेश साह, बिजय पुकार, उमेश यादव, जयकिशोर, हाखिम, राजेश महतो, रविन चौधरी, जयकिशन यादव मुख्य छन् । राजेश महतो खैनी पानमसला, जयकिशन मोवाइलका मुख्य कारोवारी हुन् भने अरूले नुनदेखि सुनसम्मको तस्करी गर्ने गर्दछन् ।

    बालाजुको पाँच लाख लुटपाटमा यादव 

    असई यादव बालाजु प्रहरी बृत्तमा कार्यरत छँदा ५ लाख लुटपाट गरेको आरोपमा अख्तियारबाटै मुद्दा परेका ब्यक्ति हुन् । २०७४ कात्तिकमा धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ मागेको आरोपमा पक्राउ परेका थिए । आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनीहरू पक्राउ परेका थिए ।

     बालाजु बृत्तका तत्कालीन हवल्दार मनोज यादव, असई चन्द्रसिंह भाट र जवान पुस्कर शाहले देवानलाई पक्राउपुर्जी विना नै थुनेर २० लाख माग गरेका थिए । देवानकी पत्नी विनिताले अख्तियारमा उजुरी दिएर ५ लाख घुस दिने क्रममा भाट र शाह पक्राउ परेका थिए भने हवल्दार यादव फरार भएका थिए । उनी पछि पक्राउ परेका थिए । अख्तियारले असई भाट, हवल्दार यादवसहित बृत्तका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीबिरुद्ध मुद्दा दायर गरेको थियो । पछि विशेष अदालतका चन्द थरका तत्कालीन रजिष्टारलाई असई मनोज यादवले हाल अख्तियारका आयुक्तमार्फत् भनसुन गराई मुद्दा जितेका थिए । र, मुद्दा जितेपछि असईमा बढुवा भएका उनले प्रदेश २ मा डीआइजी रंजितकार र एसपी राठौरका घुमुवा भएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार