Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


    आइतबार, जेष्ठ १८ २०७७
    625
    Shares
  • १ मिनेट पाठ
  • बाजुरा, १८ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको हो।

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

    ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ,’ अवस्थीले भने।

    बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए।

    बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।

    ‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार