काठमाडाैं । श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा चिप्लिएर घाँसतिर पुगेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाका अनुसार जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको हाे ।
‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन ।’
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए । फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ ।
