Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा ६ मेडिकललाई कारबाही, पाँच हजार देखि तीन लाख सम्म जरिवाना


    मंगलबार, असोज १९ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् ।

    उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन÷तीन लाख जरिवाना गरिएको छ ।

    मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए।

    मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार