Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै, कालापानी र लिपुलेकबारे छलफल नहुने


    मंगलबार, असोज १९ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल-भारत सीमा विवादबारे  सीमा सुरक्षा बैठक बस्ने भएको छ।
     
    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा छिमेकी मुलुक भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेसँगै उत्पन्न विवादपछिको अवरुद्ध सीमा सुरक्षा बैठक दुई वर्षपछि आज नयाँदिल्लीमा बस्ने भएको हो। 

    बैठक एसएसबीको प्रधान कार्यालयमा बिहान ९ बजेदेखि शुरु हुने बताइएको छ । मंगलबारको बैठकका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली दिल्ली पुगेको छ । दुई देशका सुरक्षा अधिकारीहरुले सीमा सुरक्षाका विषयमा छलफल तथा अन्तरक्रिया गर्न लागेका हुन्।

    बैठकमा सीमा सुरक्षा, सीमा नियमन, नेपाल–भारत सीमा नाका प्रयोग गरी हुन सक्ने अन्तर्देशीय अपराध रोकथाम तथा नियन्त्रण, सीमा क्षेत्रमा संयुक्त गस्तीलगायत विषयमा छलफल हुने बताइएको छ। 

    नेपाल–भारतबीच खुला सीमाना छ। त्यसकारण सीमावर्ती क्षेत्रमा बेलाबेला तनावपूर्ण स्थिति सिर्जना हुने गरेको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीको व्यवहारले समस्या उत्पन्न गराएको घटनाहरु पनि थुप्रै छन्। दुई महिना अगाडि दार्चुलामा तुइन तर्दै गरेका बेला एसएसबीका जवानले तुइन फुस्काइ दिएका कारण नेपाली नागरिक महाकालीमा बेपत्ता भएका छन्।

    नेपाल–भारत सीमा करिब १ हजार ८ सय ८० किमि लम्बाइमा फैलिएको छ । ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म भारतसँग सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमा स्तम्भ (पिलर) छन् । तर, कतै भूमि अतिक्रमणदेखि कतै अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरेर भारतले सीमामा बलमिच्याइँका घटना दोहोर्‍याउने गरेको स्रोतको भनाइ छ। 

    बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । बैठकमा भाग लिन खनालसँगै सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख एआईजी पुष्पराम केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेल र इन्स्पेक्टर नारायण गुरुङ दिल्ली पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार