Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई दबाब


    मंगलबार, असोज १९ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्।

    पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन्। 

    निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको भेटले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन्।

    मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिला भइसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरूको बुझाइ छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए। 

    सरकारले अहिलेसम्म पूर्णता पाउन निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै मन्त्रिपरिषद् अहिलेसम्म पूर्णता नपाउँदा अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ। यो समाचार आजको नागरिक दैनिकमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार