काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो ।
नेपाल र भट्टराईलाई बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गरेकाे आराेपमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।