Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशले सरकारमा काेटा मागेकाेबारे बारकाे चेतावनी- न्यायपालिका र सरकारविरुद्ध आन्दोलन गर्न नपरोस्


    सोमबार, असोज १८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनले मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशले समेत भागबण्डा खोजेको भनेर आएका समाचारप्रति चिन्ता प्रकट गरेको छ ।

    महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै संवैधानिक निकायका प्रमुखसँग यस्तो विषय जोडिनु असंवैधानिक र खेदजनक भएकाे बताउँदै यस्ता घटना भन्दै रोक्न माग गरेका छन् ।

    समाचारमा आएजस्तो कार्य कही कतैबाट हुन लागेको छ वा भइरहेको छ भने तत्काल त्यसलाई रोकी शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको सिद्धान्त र संवैधानिक सर्वोच्चता कायम राखी सुशासन कायम गर्न अनुरोध गरेका छन् ।

    ‘यदि यो विषयलाई सामान्य रुपमा लिइ अगाडि बढ्ने प्रयास भएमा नेबाए न्यायपालिका र यसको नेतृत्व विरुद्ध मात्र होइन सरकारविरुद्ध पनि कडा विरोध र आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै सम्पुर्ण कानुन व्यवसायी, पेशा व्यवसायीका साथै आम नागरिकहरूमा अपिल गर्दछौँ ,’ नेपाल बारको चेतावनी छ ।

    हेर्नुहोस् बारको विज्ञप्ति
    Nepal-Bar-press-realese.jpg
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार