काठमाडाैं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता बाक्लिएको छ ।
सोमबार दिउँसो निधि निवास मध्यबानेश्वरमा उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच छलफल भइरहेकाे छ ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला नेताहरूबीच महाधिवेशनलगायत विषयमा छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ।
निधिले सम्पर्क कार्यालय नै खोलेर सभापतिमा उठ्ने तयारी गरिसकेका छन् भने कोइराला र सिंह भने वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर एक जना सभापति उठ्ने तयारीमा छन् ।