Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुंगियो अखिल क्रान्तिकारीको नेतृत्व, महासचिवमा दिपेश पुन


    सोमबार, असोज १८ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।

    अखिल क्रान्तिकारीको नयाँ नेतृत्वकाे अध्यक्षमा आइतबार नै प्रचण्डले पञ्चा सिंहलाई चयन गरेका थिए भने आज महासचिवमा दिपेश पुनको नाम टुंगो लागेको छ ।

    जनार्दन शर्मा निकट पञ्चा अध्यक्ष भएपछि सन्तुलन मिलाउन दिपेश पुनलाई महासचिव बनाइएको स्राेतले बताएकाे छ ।

    यसअघि उपाध्यक्ष रहेका पुन जनयुद्धका लडाकु समेत हुन् । नरेश रेग्मी, जीपी मैनाली लगायत उपाध्यक्षमा चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार