Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चर्चित र्‍यापर भिटेन फिल्म खेल्दै, १८ लाख लिएर अनुबन्धित भए


    सोमबार, असोज १८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । युवापुस्तामाझ चर्चित रहेका र्यापर समिर घिसिङ ‘भिटेन’ ‘रत्नपार्क’ नामक चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् ।

    हामी यस्तै त हो नि ब्रो गीतमार्फत युवापुस्ताको मनमा बस्न सफल भिटेनले साइन गरेकाे यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । 

    आइतबार फिल्म ‘डाँडाको बर पीपल’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई फिल्ममा अनुबन्ध गरिएको बारे जानकारी गराएका थिए ।  उनले पारिश्रमिकको विषयमा खुलाउन नचाहे पनि भिटेनले  याे फिल्मकाे लागि १८ लाख पारिश्रमिक लिएकाे कुरा बजारमा चलेकाे छ ।

    यस फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुने पनि बताइएको छ । 

    अश्लिल गीतहरू गाएको आरोपमा पक्राउ पनि परिरहने उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने सन्देशमूलक गीत पनि गाएका छन् । उनका ‘बैनी’, ‘लफंगा’, ‘चुरोट’, ‘हालखबर’, ‘कथा’ लगायतका गीतहरु निकै राम्रा छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार