Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ


    सोमबार, असोज १८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । 

    इटहरी-८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी गरेका हुन् । 

    सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएका थिए । 

    पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पिडकहरूलाई खोजतलास गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

    उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४  अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएकोउनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४  अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार