Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा


    सोमबार, असोज १८ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुने भएकाे छ ।

    सर्वोच्च अदालतले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ गर्ने भएकाे हाे ।

     रिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

    निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार