Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालतले घटायो जनकपुर बमकाण्डका योजनाकार सञ्जय साहको सजाय


    सोमबार, असोज १८ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनुषा । धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाएका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले सजाय घटाएकाे छ ।

    न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले १२ वर्ष कैद सजाय सुनाइएका साहलाई ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकदिएको हाे ।

    १८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए  । सो घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो ।

    आइतबार अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए । ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो ।

    जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

    ज्यान मार्ने उद्योगमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यद्यपी सो घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार