Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • साथीलाई भिरबाट धकेलेर हत्या गरेकाे आरोपमा दुई जना पक्राउ


    सोमबार, असोज १८ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

    गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए ।

    किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

    युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।

    लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे अनुसन्धान गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार