काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति ९ः४५ बजे शुरु हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ऐतिहासिक जित निकालिसकेको छ। मनिष डाँगीको निर्णायक गोलमा शुक्रबार नेपालले माल्दिभ्सलाई १–० गोलले हराएको थियो ।
पहिलो खेलको नजिताबाट हौसिएको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
हालसम्म नेपाल र श्रीलंकाले १७ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीमध्ये नेपालले ३ खेलमात्र जितेको छ। ८ खेलमा बराबरी गरेको नेपालले ६ खेलमा हार बेहोरेको छ। नेपाल र श्रीलंकाको पछिल्लो भेट सन् २०१६ को जनवरीमा भएको थियो। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सो खेलमा नेपाल १–० गोलले विजयी भएको थियो।
