Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धादिङमा घरको कम्पाउण्डभित्र राखेको मोटरसाइकल चोरी, फिर्ता गरे राम्राे इनाम दिइने


    आइतबार, असोज १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धादिङ । जिल्लाकाे सल्यानटारस्थित माझगाउँबाट आफ्नै घरको कम्पाउण्डभित्र लक गरेर राखेको मोटरसाइकल चोरी भएको छ ।

    जिल्ला सदरमुकाम धादिङबेशीबाट करिब ३० किमी उत्तरमा रहेको सल्यानटारस्थित माझगाउँका रामहरी भट्टराईको घरबाट २२० सीसीको ‘रातो प्लस कालो’ पल्सर बाइक चोरी भएको हो ।

    भट्टराईका अनुसार शनिबार राति १० बजेपछि उक्त बाइक चोरी भएको हो । ‘शनिबार राति दश बजेपछि हामी बाबु-छोरा घर आएर सदाझैं बाइक राख्यौं’,भट्टराईले भने, ‘बिहान उठेर कार्यालय जान खोज्दा भेटिएन।’

    ‘राती बुवा उठेर हेर्दा बाइक देख्नु भएनछ । तर, उहाँले छोराले कसैलाई दिएछ भन्ने सोचेर नभन्नु भएछ’, भट्टराईले अघि भने, ‘बिहान उज्यालो भएपछि श्रीमतीले समेत बाइक नदेखेपछि बुवाले झैँ सोचिछिन्।’

    घटनापछि बिहान ९ बजेतिर प्रहरी चौकी सल्यानटारमा उजुरी गरिए पनि अहिलेसम्म कुनै खबर नआएको उनले बताए । बाइक चोरीपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले सम्पूर्ण जिल्लाबासीलगायत सबैमा खोजेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।

    साथै, लैजानेले एउटा नराम्रो सपना र अब्यवहारिक अभ्यास सम्झेर फिर्ता गरेमा इनाम दिइने पनि भट्टराईको भनाइ छ।

    यस्तो छ भट्टराईको मोटरसाइकलको बिवरण:

    244332832_970684773496212_3431514011387714719_n.jpg
    undefined
    243653969_970684706829552_253496077950201422_n.jpg
    undefined
    244340585_970684840162872_2250971217089244174_n.jpg
    undefined
    244327807_970684650162891_381701525582582856_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार