काठमाडौं । नेकपा एमालेले आफ्नो आधिकारिक लोगो परिवर्तन गरेको छ ।
ललितपुर, गोदाबरीकाे सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।
यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब एमालेको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहने भएको छ ।