काठमाडाैं । चार दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री राजकुमार लेखी १० वर्षपछि एमालेमै फर्कीएका हुन् ।
एमाले स्राेतका अनुसार गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन् ।
लेखीले असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए ।
उनीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गर्दै २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गरे । त्यसयता मधेस केन्द्रित दलमा रहे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए ।
एमालेमा रहँदा उनले काठमाडौं-सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको सचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सदस्य, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क वभाग सदस्य, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend