Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनाधिकृत व्यक्तिले औषधि बिक्री गरेपछि गुराँस पोलिक्लिनिकमा प्रशासनको ताला


    आइतबार, असोज १७ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  हेटाैंडा । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ । अनाधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ ।

     हेटाैंडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफरिस गर्दै आएको गुनासो बढेपछि प्रशासनबाट अनुगमन भएको बताइएको छ ।

    यसैगरी प्रशासनले हेटौँडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको अनुगमन गरेको जनाएको छ । सो अनुगमन टोलीमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको सहभागिता थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार