Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुल्मीमा क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या


    आइतबार, जेष्ठ १८ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • गुल्मी, १८ जेठ । गुल्मीमा एक व्यक्तिले क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या गरेका छन्।

    जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार छत्रकोट गाउँपालिका वडा नम्बर–४ को आर्दश माविको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय चन्द्रबहादुर परियारले शुक्रबार बेलुका रुखमा झुण्डिएर आत्महत्या हुन् ।

    ‘हिजो बेलुका साढे ६ बजेदेखि ७ बजेको बीचमा परियार झाडी नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको हो,’ एसपी खड्काले भने ‘अहिले मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि पठाउने तयारी भइरहेको छ।’

     

    परियार शुक्रवार मात्रै छिमेकी देश भारतवाट आएपछि उनलाई सोझै लगेर क्वारेन्टिनमा राखिएको एसपी खड्काले जानकारी दिए।

    उनले घटनावारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार