Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहयोग गर्ने


    आइतबार, जेष्ठ १८ २०७७
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १८ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ।

    संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताए।

    यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ।

     

    विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए।

    छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ।

     

    वैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार