Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शीर्ष स्थानको चेन्नईमाथि राजस्थानको सानदार जित


    आइतबार, असोज १७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सविरुद्द सानदार जित हाँसिल गरेको छ ।

    शनिबार आबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नईलाई ७ विकेटले हराउँदै सानदार जित हाँसिल गरेको हो। 

    चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले मात्र १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

    राजस्थानको जितमा शिबम डुबेले ६४ तथा याशभी जैसवालले ५० रनको सानदार पारी खेले। 

    चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

    चेन्नईका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय इनिङ्स खेले । रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन बनाए ।

    राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए ।

    जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार