काठमाडौं । दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्सले उत्कृष्ट जित निकालेको छ ।
शनिबार सारजाहमा भएको खेलमा दिल्लीले साविक विजेता मुम्बईलाई ४ विकेटले हराएको हो ।
मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा श्रेयस ऐयरले अविजित ३३, ऋषव पन्तले २६ रन जोड्दा रविचन्द्र आश्विनले अविजित २० रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले समान १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रन जोडे। दिल्लीका आभेस खान र अक्षर पटेलले ३/३ विकेट लिए ।
यस जितसँगै दिल्लीले १२ खेलमा १८ अंक जोडेको छ । प्ले अफ पुगिसकेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।