Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरक्कोका नागरिकलाई कोरोनाभाइरविरुद्ध तेस्रो खोप


    शनिबार, असोज १६ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बरात । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।

    मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो । यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीहरूले जानकारी दिएका छन् । आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् ।

    उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारि अनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

    ती मध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    योसँगै कुल सङ्क्रमितहरूको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । ती मध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार