ललितपुर । निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा केही दिन यतादेखि नै चहलपहल भएको थियो भने आज मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन नै मुस्किल पर्ने गरी सभाहल र परिसर भरियो ।
ललितपुरको सातदोबाटो, हरिसिद्धी र गोदावरीका विभिन्न चोक र स्थानमा तथा सम्मेलनस्थलको मूल प्रवेशद्वारमा टाँगिएका नेकपा (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशनका नामका स्वागत व्यानर र कम्युनिष्ट पार्टीको हसिया हथौडायुक्त झण्डा तथा निर्वाचन चिन्ह सूर्यले ती स्थान राताम्य देखिएका थिए । मध्यान्ह १२ः १५ बजे उद्घाटन हुने भएको महाधिवेशनमा सहभागीको नाम दर्ता र मञ्च व्यवस्थापनका कार्य जारी रहँदा तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आगमनको प्रतिक्षा गर्दा दिउँसोको १ः१५ भइसकेको थियो । अध्यक्ष ओली आएपछि हालमा राष्ट्रिय गान, कम्युनिष्टको अन्तर्राष्ट्रिय गान गाएपछि कम्युनिष्ट पार्टीका अग्रजहरू पुष्पलाल, मनमोहन अधिकारी, जननेता मदनकुमार भण्डारी तथा ज्ञात अज्ञान शहीदका नाममा एक मिनेट मौन धारण गरेपछि उद्घाटन सत्रको औपचारिकता शुरु भएको थियो ।
साथै नवौँ महाधिवेशनयता दिवङ्गत भएका केन्द्रीय कमिटीका सदस्यहरू रामनाथ ढकाल, महिन सुब्बा लिम्बू, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादव लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । पूर्ण हाइटेकयुक्त सो हालको प्यासेजमा पनि सहभागी बस्ने र त्यहाँ प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो । मुलुकका सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको विधान महाधिवेशन भएको हो ।
उद्घाटन सत्रको सञ्चालन गर्दै एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानमा राष्ट्रिय परिषद्का सदस्य मात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको सोको बाधा अड्काउन फुकाउका लागि प्रस्ताव प्रस्तुत गरी पारित गराइएको थियो । उक्त नयाँ व्यवस्थाले एकताको प्रक्रियामा आएका र सङ्घीयता अनुकूलको पार्टी संरचनाका आधारमा छानिएका छ हजार ३४७ प्रतिनिधि वैध सावित भएका थिए ।
महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ओलीको अध्यक्षतामा सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डलको घोषणा गरियो । यस्तै प्रस्ताव मस्यौदा कमिटीमा नेताहरू डा.भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारीलाई जिम्मेवारी दिइयो । सुझाव अध्ययन कमिटीमा नेताहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा शिवमाया तुम्बाहाम्फे रहेको समिति बनाइयो ।
बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजङ्ग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगरलाई चयन गरिएको थियो । प्रचार समन्वय कमिटीका लागि योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापालाई जिम्मेवारी दिइयो ।
तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिनको बन्द सत्रमा अध्यक्ष शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । शनिबार बिहान ८ बजे सुरु हुने दोस्रो दिन आज प्रस्तुत दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिलाई १० वटा समूहमा विभाजन गरिएको प्रचार विभागका प्रमुख भट्टराईले जानकारी दिए । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।
महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका बेला देशभरका प्रतिनिधिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशन आयोजना गरेको हो । महाधिवेशनमा विगतमा नेता नेपाल निकट रहेका नेता कार्यकर्ताको पनि उपस्थितिले पार्टीमा नयाँस्तरको घुलमिल र एकताभाव देखिएको छ ।
विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारत गायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend