Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न एमालेले बनायाे १० समूह, ४ घण्टाभित्र सुझाव पेस


    शुक्रबार, असोज १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कामाडौं ।  नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

    एमालेले ललितपुरको गोदावरीमा आजदेखि शुरु भएको प्रथम विधान महाधिवशेनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको हाे ।

    समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने स्राेतले बताएकाे छ।

     

    प्रदेश १ (समूह क)

    सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
    अध्यक्षता : देवराज घिमिरे

    प्रदेश २ (समूह ख)

    सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
    अध्यक्षता : ज्वाला साह

    वागमती प्रदेश (समूह ग)

    सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
    अध्यक्षता : आनान्द पोखरेल

    गण्डकी प्रदेश (समूह घ)

    सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
    अध्यक्षता : जगत विश्वकर्मा

    लुम्बिनी (समूह ङ)

    सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
    अध्यक्षता : लिला गिरी

    कर्णाली प्रदेश (समूह च)

    सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
    अध्यक्षता : गोरख बोगटी

    सुदूरपश्चिम प्रदेश (समूह छ)

    सहजिरकण : भीम रावल र लेखराज भट्ट
    अध्यक्षता : कर्ण थापा

    उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)

    सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
    अध्यक्षता : सुजिता शाक्य

    जनसंगठन (समूह झ)

    सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
    अध्यक्षता : सुनिता बराल

    केन्द्रीय निकाय र आयोग (समूह ञ)

    सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
    अध्यक्षता : भानुभक्त ढकाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार