Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिपको ठक्करबाट घाइते दुई छात्राको मृत्यु (अपडेट)


    शुक्रबार, असोज १५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सल्यान । जिल्लाको बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका शिव जन माविका पाँच जना छात्रामध्ये दुई जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा सल्लाको छहारीमा सितलमा उभिएका छात्रालाई जिपले ठक्कर दिएको थियो।

    मृत्यु हुनेमा २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् ।

    जिपको ठक्करबाट घाइते हुनेमा शारदा नगरपालिका–६ की १८ वर्षीया मीना परियार, २० वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशिला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी रहेकी छिन् ।

    जिप चालक २५ वर्षीया टंकप्रसाद ओलीलाई पक्राउ गरेर र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार