Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


    बिहिबार, असोज १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दैगर्दा हात्तीले सूँढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

    घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार