Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक हजार ७८ जना काेराेना संक्रमित थपिंदा १२ जनाको मृत्यु


    बिहिबार, असोज १४ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ।  संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् । 

    यस्तै पछिल्लाे २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

     हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार