Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चार देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र


    बिहिबार, असोज १४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

    राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

    त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार