Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजकुमार लेखीले छाडे महन्थकाे साथ, पार्टीकाे सबै पदबाट दिए राजीनामा


    बिहिबार, असोज १४ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले महन्त ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका छन् ।

    अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको भन्दै लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

    उनले राजिनामा पत्रमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

    जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनुपरेको बताए ।

    उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे । अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने उनको भनाइ छ ।

     
    rajinama_4rnkme7rtK.jpg
    राजकुमार लेखीकाे राजिनामा पत्र
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार