Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का


    बुधबार, असोज १३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । भदौपछि मौसम परिवर्तन हुने भएकाले भाइरल ज्वरोले धेरै बिरामी भएका छन् । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पीसीआर परीक्षण गराउन जानेको लर्को अस्पतालमा देखिन्छ । तर पीसीआर परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आउने गरेको छ । परीक्षण नगराउँदा कोरोना भए ज्यानै जानसक्ने भयले धेरैले पीसीआर परीक्षण गराउने गरेका छन् ।

    भाइरल ज्यरो नै हो भनेर परीक्षण नगराउँदा कोरोना नै संक्रमण हुने संभावना उत्तिकै हुन्छ ।  बैतडीका परमानन्द भट्टलाई भाइरल ज्वरो नै हो भन्ने अनुमान गरी परीक्षण नगर्दा उनको ज्यान गएको छ ।  दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय भट्टको आज मृत्यु भएको हो । गएको तीन हप्तादेखि ज्वरो आएकामा उनलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो ।  जाँच गर्दा उनको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिए । 

    भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो । उनले  भने, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो ।”

    अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो । आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ । स्वाबको रिपोर्ट भने आउन बाँकी छ ।  पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ ।”

    मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । मृतकको शव घर लगिएको छ । घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन् । मृतक भट्टका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार