Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरीका जान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीनजना पक्राउ


    बुधबार, असोज १३ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको महानगरी अपराध महाशाखाले इडीभी भिसाको लागि प्लस टु पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २९ जेगेडी घर भइ हाल काठमाडौं-१४ कलंकी बस्‍दै आएका ३६ वर्षीय जीवन कार्की, खैरहनी नगरपालिका-३का ३१ वर्षीय नविन राई, चन्द्रपुर नगरपालिका ९, सिन्दुरेघारी घर भइ हाल कोटेश्‍वर बस्‍दै आएका ३२ वर्षीय शिव रोक्का रहेका छन् ।

    अपराध महाशाखाकाे प्रारम्भिक अनुसन्धान अनुसार अमेरीका जान उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाे देखिन्छ ।

    पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसूर मुद्धामा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार