Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली


    बुधबार, असोज १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० अङ्कले बढेको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज हरियाली देखिएको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेको छैन ।

    कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा पर्यटन ३२.९२, विकास बैंक १५०.६८, जलविद्युत् ११७.३४, वित्त १०७.४७, निर्जीवन बीमा २५५.८८, उत्पादन १०३.३६, अन्य ४१.४३, लघुवित्त ८८.०१, जीवन बीमा २१५.३८, सामूहिक लगानी कोष ०.०९ र लगानी दुई अङ्कले वृद्धि भएको छ ।

    कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६७ लाख ५४ हजार ३७२ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ५९ लाख १९ हजार ४६५, नेपाल बैंक लिमिटेड रु १६ करोड ५२ लाख ४२ हजार ८७२, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड पाँच लाख ५१ हजार ६५४ र आइसिएफसी फाइनान्सको रु १५ करोड ३४ लाख ७२२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    नेप्सेका अनुसार अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मनकामना स्मार्ट लघुवित्त ९.९३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.६४ र कालिका पावर कम्पनीको शेयरधनीले ९.५० प्रतिशतले कमाए । मेघा बैंक ३.९२, प्राइम बैंकको ऋणपत्र ३.८९, युनिलिभर नेपाल ३.०९, कृषि विकास बैंकको ऋणपत्र २ र एनआइसी एशिया बैंकको ऋणपत्रका लगानीकर्ताले १.७९ प्रतिशतले गुमाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार