Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा


    बुधबार, असोज १३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

    बुधबार दिउँसो आयोगको बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

    प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेर बालिकाहरूलाई साइकल वितरण गरेकाे छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार