Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


    बुधबार, असोज १३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भइरहेको छ ।

    प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुधबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेका हुन् ।

    दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

    माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार