Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकामा ‘थेत्लङ्’ प्रदर्शन हुने


    बुधबार, असोज १३ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्यु योर्क। किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को आगामी तिहार लगतै विशेष प्रदर्शन हुने भएको छ ।

    किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोग र दिपक थेवेको संयोजकत्वमा ‘थेत्लङ्’को विशेष प्रदर्शन हुन लागेको हो ।

    आयोजक पक्षका अनुसार १४ नोभेम्बर २०२१ आईतबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको बिशेष प्रदर्शन हुने छ ।

    चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंङ्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंङ् र बिराज लिम्बु रहेका छन् ।

    101423923_311288056534173_191467717910331392_n.jpg
    undefined

    ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

    चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार