Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड उडे, प्रचण्डद्वारा स्वास्थ लाभको कामना


    बुधबार, असोज १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड (बैंकक) प्रस्थान गरेका छन्। 

    उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने बताइएको छ।

    दुई दिन अघिदेखि सुमेरु अस्पतालमा उपरचाररत पुनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतको भनाइ छ । उनको यसअघि २०७२मा पनि बैंककमा उपचार गरिएको थियो। पछिल्लो समय उनमा जन्डिस निकै बढेको उनीहरुको भनाइ छ।

    बैंकक उड्नुअघि नेता पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए। जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि प्रचण्डले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार