काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा साविक विजेता मुम्बई इण्डियन्सले ५ औं जित निकालेको छ ।
मंगलबार राति अबुधाबीमा भएको खेलमा मुम्बईले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै पांचौं जित निकालेको हो।
पन्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए ।पन्जाबका रबि बोस्नाईले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमायर १ सय ३५ रन बनाएको थियो । पन्जाबका लागि एडिन मार्क्रामले ४२ रन जोड्दा दिपक होडाले २८ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राह र केइरन पोर्लाडले २/२ विकेट लिए ।
यस जितसँगै मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पराजित पन्जाब ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।