Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी नेता पुनकाे स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि बैंकक लगिँदै


    मंगलबार, असोज १२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ ।

    लामो समयदेखि जन्डिस रोगबाट ग्रसित रहेका नेता पुनलाई सोमबार अस्पताल भर्ना गरिएकाे थियाे । तर स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि उनलाई बुधबार बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ।

    पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    स्रोतका अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए । सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो । पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार