Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खोलाले बगाउदा बालिकाको मृत्यु


    मंगलबार, असोज १२ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

    देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।

    भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार