काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट(ईपीएल)मा आज (मंगलबार) एक मात्र खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्ने छन् । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२:१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थियो ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।