Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश फिर्तापछि कमल थापाको आक्रोशः  यही हो अग्रगमन, संविधान र लोकतन्त्रको रक्षा ?


    मंगलबार, असोज १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारबिरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा उग्र बिरोधमा उत्रिएका छन् ।

    आगामी चुनावमा एमालेसँग गठबन्धन गरेर मकवानपुर र झापा जिल्लामा एकाध सिट जित्न सकिने आशामा रहेका थापा ओलीभन्दा उग्ररुपमा देउवा सरकारको बिरुद्ध उत्रिएका छन् । सरकारले सोमबार अध्यादेश फिर्ता लिएपछि कमल थापाले देउवा सरकार ‘भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना’ भएको बताएका छन् ।  

     उनले सामाजिक संजालमा देउवा सरकारप्रति आक्रोश पोख्दै लेखेका छन्–‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता ।’

    थापाले प्रश्न गरेका छन्–यही हो अग्रगमन,संविधान र लोकतन्त्रको रक्षा ?

    Screenshot (17).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार