Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘नेपालका लागि मात्र एमसीसी संशोधन हुन सक्दैन’


    मंगलबार, असोज १२ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। 

    संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसीसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए । एमसीसी नेपालका लागि मात्र नभएर सबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।

    खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसीसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे। 

    मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए। उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए। ‘यसमा धेरै सैद्धान्तिक विषय छन्। यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे। भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ। भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्‍यो नि’, उनले भने।

    एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।  यो समाचार आजको नागरिक दैनिकमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार